शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली नगरपालीका द्वारा २० हजार भन्दा बढीको मिर्गौलापरीक्षण
रामेछाप बिशेष

मन्थली नगरपालीका द्वारा २० हजार भन्दा बढीको मिर्गौलापरीक्षण

जुनेली न्युज

रामेछाप,

मन्थली नगरपालिका रामेछापले २० हजार भन्दा बढी नगरबासीको मिर्गौला परीक्षण गरेको छ | मन्थली नगरबासी लाई लक्षित गरी निःशुल्क मिर्गौला परीक्षण गराउने नेपालको पहिलो नगरपालिका हो | गत पुस ११ देखि फागुन मसान्तसम्म  सञ्चालन भएको उक्त अभियानमा मन्थली नगरका १४ वडामा बसोबास गर्ने २० हजार भन्दा बढीले मिर्गौला परीक्षण गराएका छन् |

मन्थली नगरपालिकामा ५१ हजार जनसंख्या छ | नगरपालिकाले ६ वर्षभन्दा माथिका सबै नगरवासीलाई परीक्षणमा सहभागी गराएको थियो | प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलका अनुसार नगरका करिब ३५ हजार नागरिकको परीक्षण गर्ने लक्ष्य लिइएकोमा ओमिक्रोनका कारण लक्ष्यभन्दा केही कम परीक्षण हुन सकेको हो |

यो स्वास्थ्य क्षेत्रकै लागि एउटा विशिष्ट काम रहेको नगर प्रमुख रमेशकुमार बस्नेतले भने |मुलुकमा रहेका ७ सय ५३ स्थानीय तहमध्ये मन्थलीले मात्र मिर्गौलाको अभियानको रूपमा निःशुल्क परीक्षण गराएको छ | उनले परीक्षणलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिनुपर्ने बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु