सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सर्वनाम शिक्षालयले गर्यो बिशाल अभिभावक दिवस, हरेक क्रियाकलाप प्रशंसा योग्य
गोकर्नेश्वोर बिशेष

सर्वनाम शिक्षालयले गर्यो बिशाल अभिभावक दिवस, हरेक क्रियाकलाप प्रशंसा योग्य

जुनेली न्युज,काठमाडौं|
सर्वनाम शिक्षालय स्कुलले २ दिने बिशाल कार्यक्रम गरि अभिभावक दिवस मनाएको छ |काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा रहेको सो बिधालयले छिमेकी पार्टी प्यालेसमा कार्यक्रम गरेको हो | कार्यक्रम फाल्गुन १८ र १९ गते २ दिन सम्म भएको थियो | २ दिनको कार्यक्रममा लगभग २ हजार भन्दा बढी अभिभावक र बिधार्थिहरुको उपस्थिति रहेको थियो |

दुई दिने विशेष सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता साथै बिधालयले केहि समय अघि आयोजना गरेको Sport Meet मा सहभागी बिधार्थिहरुलाई समेत पुरस्कार वितरण गरेको थियो | कार्यक्रम ‘प्ले ग्रुप’ देखि कक्षा ४ सम्मलाई पहिलो दिन र कक्षा ५ देखि १० कक्षा सम्मलाई दोश्रो दिन गरि कार्यक्रम गरेको थियो |

नृत्य प्रतियोगिता र गायन प्रतियोगिता अन्तर्गत बिधालायले नै विभिन्न चरणमा छनोट गरि अन्तिम प्रतिस्पर्धामा पुराएको थियो | सोहि अन्तिम चरणमा पुगेका प्रतियोगीहरुले २ दिने कार्यक्रममा प्रस्तुती गरेका छन् | नृत्य र गायनको प्रस्तुति बिधालयले तोकेको समयमा सामाजिक संजालमा पोस्ट गर्ने छ | प्रस्तुतिको फाइनल नतिजा भने ५० प्रतिसत जजको निर्णय र ५० प्रतिसत सामाजिक संजालमा आएको लाइक शेयर कमेन्टको आधारमा प्रथम दोश्रो तेस्रो गरि नतिजा प्रकाशन गरिने प्रिन्सिपल दुर्गानाथ शिवाकोटिले जुनेली न्युजलाई बताउनु भयो |

सर्वनाम शिक्षालयका फाउन्डर प्रिन्सिपल दुर्गा नाथ शिवाकोटीको सभा अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथि नगर उप प्रमुख सान्नानी लामा,खेलकुद संयोजक सञ्जय लामा, जनप्रतिनिधिहरु, गोकर्णेश्वर नगरपालिका अन्तर्गतका आवासीय तथा नीजि विद्यालयका प्रिन्सिपलहरू,विद्यार्थी अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोश्रो दिनमा अविभावकहरुलाई उत्प्रेरणा दिन मोटिभेसनल स्पिकर इश्वोर श्रेष्ठ आएका थिए | उनले अभिभावक, बिधार्थी र शिक्षकहरु बिचको सम्बन्ध कसरि राम्रो बनाउने भने बिषयमा १ घण्टा सम्म तालिम सहितको प्रस्तुति दिएका थिए | जुन प्रस्तुति अभिभावकले असाध्यै रुचाएका थिए | साथ साथै ५ देखि १० कक्षा सम्मका बिधार्थिहरुलाई खेलको विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो |
दोश्रो दिनको कार्यक्रममा भने गोकर्णेश्वर नगरपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, प्याप्सन काठमाडौँ जिल्ला अध्यक्ष, विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो |

फेसबुक प्रतिक्रियाहरु