सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेविसंघ केन्द्रीय समितिको बैठक तोकिएको समयमा नै सम्पन्न गर्न विद्यार्थी नेताहरुको जोड
Breaking News

नेविसंघ केन्द्रीय समितिको बैठक तोकिएको समयमा नै सम्पन्न गर्न विद्यार्थी नेताहरुको जोड

जुनेली न्युज, काठमाडौँ |

नेपाल विद्यार्थी संघको पूर्व निर्धारित केन्द्रीय समितिको बैठक तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताहरुले राजधानीमा आज पत्रकार सम्मेलन गरेर फागुन २१ गते तोकेको केन्द्रीय समिति बैठक कुनैपनि बाहानामा सार्न नहुने भन्दै नेतृत्वलाई सुझाएका छन् ।

सस्थापन र इतर पक्षका नाममा भइरहेका गतिविधिका कारण गएको फागुन १५ गते डाकेको केन्द्रीय समिति बैठक प्रभावित भएको भन्दै पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सुशान्त तामाङले आक्रोस पोखे । केन्द्रीय सदस्य तामाङले भने, ‘गत फागुन १५ गतेको केन्द्रीय समिति बैठकका लागि देशभरबाट आएका साथिहरु राजधानीमा नै बसिरहेका छन् । उनीहरुको समस्या बारे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा उदासीन बने । त्यसैले, अबपनि बैठक रोक्ने कसैले कुचेष्ठा गर्छ भने त्यो हामीलाई सह्य हुनेछैन ।’

केन्द्रीय सदस्यहरु बिकास भण्डारी, निराजन शाही, लक्ष्मी बोगटी, महेश्वर पौडेल र ह्रदयराज मिश्र लगाएतका विद्यार्थी नेताहरुले अध्यक्ष दुजाङ शेर्पा नै समयमा महाधिवेशन गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् । अध्यक्ष शेर्पाको गैरजिम्मेवारीपनका कारण यसघि बोलाएको केन्द्रीय समितिको बैठक प्रभावित भएको भन्दै उनीहरुले आगामी २१ गतेको बैठक रोकिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा अध्यक्ष शेर्पाले लिनुपर्ने भन्दै चेतावनी दिए । यद्यपी, तत्काल महाधिवेशनको मिति र कार्यतालिका तोक्न अध्यक्ष शेर्पाले आलटाल गरे राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेताहरुले सुझाएका छन् ।

नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर बैचारिक समूहले जारी प्रेस वक्तव्य मार्फत उनीहरुले तीन बुदे प्रस्ताव समेत अगाडि सारेका छन् । याथाशिघ्र बैठबाट पारित भएको नेविसंघको बैधानिक क्याम्पस, जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशनको मिति र कार्यतालिका तोक्नुपर्ने, गुटउपगुटका आधारमा हुने अनैतिक भागबन्डा रोक्नुपर्ने, कुनैपनि परिस्थितिमा केन्द्रीय कार्यसमितिले तोकेको अन्तिम मिति फागुन २१ म निःशर्त बैठक सम्पन्न हुनुपर्ने नभएमा उत्पन्न परिस्थितको जिम्मेवारी नेतृत्वले लिनुपर्ने प्रेस वक्तव्यमा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु