बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • “घर घर जाऔं कांग्रेस जिताऔं अभियान – २०७८ “अन्तर्गतको गोकर्णेश्वर नगरस्तरीय कार्यक्रम सम्पन्न ।
गोकर्नेश्वोर बिशेष

“घर घर जाऔं कांग्रेस जिताऔं अभियान – २०७८ “अन्तर्गतको गोकर्णेश्वर नगरस्तरीय कार्यक्रम सम्पन्न ।

जुनेली न्युज ,काठमाडौं, चैत्र १३ । नेपाली कांग्रेस, गोकर्णेश्वर नगर समितिको   घर घर जाऔं, कांग्रेस जिताऔं अभियान – २०७८ अन्तर्गत नगरस्तरीय कार्यक्रम सम्पन्न गरेको छ । शनिबार गोकर्णको सुनगाभा पार्टी प्यालेसमा नगर सभापति कुमार लामाको  अध्यक्षतामा भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिको  पूर्व केन्द्रीय उपसभापति प्रकाशमान सिंह रहका थिए भने बिशेष अतिथिको रुपमा  पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज कृष्ण बानीयाँ, बागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे, क्षेत्रीय सचिव दिपक रिसाल, भूवन लामा, प्रदेश (ख) सभापति विमल ठकुरी लगायतको क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश सभा समितिका पदाधिकारी, इकाई समिति सभापति, भातृसंगठनमा पदाधिकारी एवम् क्रियाशिल, शुभचिन्तकहरुको उपस्थिती रहेको कार्यक्रम नगर सचिब जयराम बिष्टले संचालन गरेका थिए  ।

May be an image of one or more people, people standing, indoor and text


नगर सभापति कुमार लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै अध्यक्षता ग्रहण गरे ।कार्यक्रममा तरुण दल गोकर्णेश्वर अध्यक्ष संजय लामा   इकाई सभापतिहरु मध्ये बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ का इकाई सभापति ज्ञानकुमार श्रेष्ठ, प्रदेश (ख) सभापति विमल ठकुरी  क्षेत्रीय सचिव दिपक रिसाल काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे, बागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा ,नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज कृष्ण बानीयाँ, पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथि रुपमा पूर्व केन्द्रीय उपसभापति प्रकाशमान सिंह लगायतले शुभकामना मन्तब्य राख्दै आसन्न स्थानीय तहको निर्वाचनमा घर घर जाउ नेपाली काङ्ग्रेसलाइ जिताउ अभियानलाइ सफल पार्न  सबै नेता तथा कार्यकर्तालाइ निर्देशन दिएका थिए ।

उनीहरुले एम सिसिको भ्रम चिर्न र कांग्रेसले गरेका काम जनता माझ लिएर जान अनुरोध गरेका थिए । स्थानीय तहमा कांग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक वडा र टोल टोलमा पुग्ने गरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

May be an image of 3 people and text

बक्ताहरुले  अभियानमा केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै कांग्रेस सरकारको पालामा भएका राम्रा कामको जानकारी गराउन पर्नेमा जोड दिएका थिए । अभियानमा जनताको विश्वास जितेर आउँदो चुनावमा कांग्रेसलाई जिताउने र सबै नेता, कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने गरी लाग्न आग्रह गरेका थिए ।  नेपाली कांग्रेसले बिगतका दिनदेखी देशको परिबर्तनका पक्षमा मुख्य भुमिकामा काम गर्दै आएको स्पष्ट पार्दै आगामी स्थानिय चुनावमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका थिए।अन्य पार्टीले जनताको भावना बुझ्न नसकेको र देशको परिवर्तनका क्रममा उत्कृष्ट भुमिका खेल्न नसकेको बताउदै जनताका घर घर जाउ कांग्रेस जिताउ भन्ने नारालाई सार्थक बनाउदै आउदो चुनावमा चारतारे झन्डा र रुखमा भोट हाली यो देशको बिकास, निकास, रोजगारी, शान्ती र समुन्नतिको सुनिस्चितता गरिदिन समेत आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु