सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मेयर कप विद्यालयस्तरीय भलिबलको उपाधि चामुण्डालाई
गोकर्नेश्वोर बिशेष

मेयर कप विद्यालयस्तरीय भलिबलको उपाधि चामुण्डालाई

जुनेली न्युज, १३ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा मेयर कप विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उपाधि  चामुण्ड माविले हासिल गरेको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कान्ति भैरव गुरुकुल दितीय र सहयोगी मावी तृतीय स्थान हासिल गरेका छन् ।

May be an image of 10 people, people standing and text

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो  ।

May be an image of 4 people, people standing and text

 

कार्यक्रममा विशेष अतिथि उप मेयर शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उप शाखा प्रमुख राम नारायण शाह, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, बाल सुधार माबीका प्रधानाध्यापक हेमराज घिमिरे लगायतको आतिथ्यतामा भएको थियो ।

गोकर्णेश्वर युवा जागरण क्लबले संयोजन गरेको प्रतियोगिता वडा नं २ स्थित बाल सुधार मावीको खेल मैदानमा भएको थियो । शनिबार सम्पन्न प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा भलिबलका विभिन्न विधामा उत्कृष्ठ खेलाडीहरुलाई ट्रफी तथा मेडलले पुरस्कृत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु