सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पहिलो खेलमा नेपाल १५ रनले विजयी
Breaking News

पहिलो खेलमा नेपाल १५ रनले विजयी

जुनेली न्युज काठमान्डौ,

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा  नेपालले पिएनजीलाई १५ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो जबाफमा मैदानमा उत्रेको पिएनजीले १६८ रनमा अल आउट भयो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले सर्बाधिक ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। नेपालका लागि कुशल भुर्तेल २० रन,रोहितकुमार पौडेल ३४ रन,  दीपेन्द्रसिंह  ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।

बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए।

 

पिएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरे। ५२ रन बनाएर खेलिरहदा उनी १९औं ओभरको पाँचौ बलमा करण केसीले एलबिडब्लूको धरापमा पारेका थिए। छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भएपछि नेपाल सहज स्थितिमा पुगेको थियो।

पिएनजीका ओपनर टोनी उरा ५ रनमा आउट भए। लेगा सिएका २१ रनमा पेभिलियन फर्किदा कप्तान असद भालाले ७ रनमा आउट भए।चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे। सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप  लामिछानेले  एलबिडब्लूको धरापमा पारे।

रिले हेकुरे ३ रन र जासन किला शून्यमा आउट भए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा ४४ दिएका थिए। कप्तान सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। उनले ४ ओभरमा २२ रन खर्चिए। अबिनास बोहराले २ विकेट लिए उनले ४ ओभरमा २९ रन दिए। सोमपाल कामीले १ विकेट लिए।

 

फेसबुक प्रतिक्रियाहरु