शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २१ जनामा कोरोना संक्रमण पुष्ठी
Breaking News

२१ जनामा कोरोना संक्रमण पुष्ठी

जुनेली न्युज,काठमान्डौ,

नेपालमा पछिल्लो  २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै  अहिले देशभर १ हजार २५४ जना सक्रिय संक्रमित छन् भने ३१९ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार १५२ जनाको पिसिआर र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रियाहरु