बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • निर्वाचनका लागि काठमाडौंमा ४६ दल दर्ता
Breaking News

निर्वाचनका लागि काठमाडौंमा ४६ दल दर्ता

जुनेली न्युज,काठमान्डौ,

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा ४६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र ४० वटा साना राजनीति दल दर्ता भएको बताए ।

‘काठमाडौं जिल्लामा सबैभन्दा बढी ४० साना दलहरू स्थानीय तह निर्वाचनका लागि दर्ता भएका छन् । त्यस्तै काठमाडौंमा ४६ वटा दल दर्ता भएका छन्‚’ उनले भने, ‘मनाङ, मुस्ताङ र डोल्पामा भने सबैभन्दा कम ५ वटा साना दल दर्ता भएका छन् । यी दुई जिल्लामा जम्मा ११-११ वटा राजनीतिक दल चुनावमा सहभागी हुनेछन् ।’

उनले काठमाडौँको मतपत्रमा ६० वटा लहर हुने बताए । ‘ठूलो सहरमा मतदानपछि मात्रै मतपत्र छाप्ने तयारी छ‚’ पौडेलले भने ।

फेसबुक प्रतिक्रियाहरु