शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका ५ मा हजार घरधुरीलाई पुग्ने खानेपानी उद्घाटन
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका ५ मा हजार घरधुरीलाई पुग्ने खानेपानी उद्घाटन

काठमाडौं जुनेली न्युज,

गोकर्णेश्वर नगपालिका वार्ड नं ५ मा १ हजार भन्दा बढी घरधुरी लाई पुग्ने खानेपानी उद्दघाटन भएको छ।

चैत ८ गते नगपालिकाको वडा ५ स्थित ग्रीन भ्याली विकास समाजको प्राङ्गणमा प्रमुख अतिथि प्रदेशसभा सांसद छिरिङ दोर्जे लामा, मेयर सन्तोष चालिसे सोही वडाका वडा अध्यक्ष नारायण सुबेदी, नगरपालिकाका प्रमुख सल्लहाकार दीपक रिसाल लगायतको उपस्थितीमा धारा को उदघाटन भएको हो।

कार्यक्रममा नगरपालिकाका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो। कार्यक्रमा बोल्दै मेयर चालिसेले”आफूले चुनावको बेलामा दिएको वचन पूरा गर्न पाउँदा खुसी भएको बताए”।उनले यो कार्यक्रम नजिकिँदै गरेको चुनावको लागि नभएर विगतका दिन देखिनै पानीको चरम अभाब भोग्दै आएका क्षेत्रमा खानेपानीको व्यवस्था गर्दै आएको र यहाँ पनि प्रबिधिक कारणले २-३ महिना ढिलो भएको बताय ।

आफू जनप्रतिनिधि भएको हिसाबले हजार घरधुरीलाई स्वच्छ पानी को व्यवस्था गर्न सकेकोमा आफुलाई गर्व लागेको वार्ड अध्यक्ष नारायण सुबेदी ले बताए।

साथै उक्त कार्यक्रमका प्रमुख अतिथी छिरिङ शेर्पाले धारा उद्दघाटन गर्दै खानेपानी पाइपको प्रत्येक चेक पाइन्टमा फिल्टर राख्ने तयारी भएको पनि बताए। जनताको समस्या सुनेर सामाधानको बाटो मा सधै लागि पर्ने जनप्रतिनिधि पाएको स्थानीय बासीले भने।

फेसबुक प्रतिक्रियाहरु