शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भारी छुटको व्यवस्थासहित थप सेवा विस्तार गर्दै समाज डेण्टल
विकास निर्माण

भारी छुटको व्यवस्थासहित थप सेवा विस्तार गर्दै समाज डेण्टल

चैत ६,

काठमाडौ । विगत दुई दशकदेखी जनताको सेवामा समर्पित समाज डेण्टल हस्पिटलले आफ्नो सेवा थप विस्तार गरेको छ ।

‘मुख स्वास्थ्य दिवस’ को अवसर पारेर समाज डेण्टलले आफ्नो विस्तारित सेवा भक्तपुरको राधेराधेमा सुचारु गर्न लागेको हो । समाज डेण्टलका प्रबन्धक सबिन घिमिरेका अनुसार करिब २० वर्षअघि बानेश्वरबाट आफ्नो सेवा सुचारु गरेको यस अस्पतालले जाउलाखेल, बसुन्धारा हुँदै अब भक्तपुरको राधेराधेबाट पनि सेवा दिने भएको हो।

‘भोलिदेखि राधेराधेबाट समेत हाम्रो सेवा सुचारु हुनेछ, ‘ घिमिरेले भने, ‘साथै यसलाई देशभर विस्तार गर्दै जाने हाम्रो उद्देश्य हो।’ दन्त परिक्षणमा सम्पुर्ण नेपालीको पहुच स्थापना गर्ने उद्देश्यका साथ अस्पतालले आफ्नो सेवा विस्तार गर्ने भएको हो ।

उनले थप भने , ‘यो अवसरमा निशुल्क दन्त परिक्षण सहित सेवाशुल्कमा भारी छुटको समेत व्यवस्था गरेका छौँ ।’ समाज डेण्टल हस्पिटल राधेराधे शाखाले यस अवसरमा निशुल्क दन्त परिक्षण साथै आफ्नो सेवाशुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो अस्पताल विगत दुई दशकदेखी निरन्तर जनताको सेवामा खट्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु