सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • म्यानमारमा बीबीसीका पत्रकारलाई अपहरण गरी बेपत्ता पारियो
दुर्घटना/अपराध

म्यानमारमा बीबीसीका पत्रकारलाई अपहरण गरी बेपत्ता पारियो

चैत्र ०७,

एजेन्सी । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती बेलायती प्रसारण निगम बीबीसीले जनाएको छ। अपरिचित व्यक्तिहरूले पत्रकार अउङ थुरालाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूले जानकारी दिएका छन्‌।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,’ बीबीसले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ।

थुरा म्यानमारको राजधानीबाट दिउँसो नै बेपत्ता भएका र उनको खोजी गर्न बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ। उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सबै सरोकारवालाहरूलाई आह्वान गरेको छ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन्‌। उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ।

म्यानमारमा गत फेब्रुअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा दर्जनौंको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ।

फेसबुक प्रतिक्रियाहरु