बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • २४ घण्टामा विश्वभर ५ लाख मानिसमा कोरोना संक्रमण
समाचार

२४ घण्टामा विश्वभर ५ लाख मानिसमा कोरोना संक्रमण

चैत ०७
एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। तेस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अधिकांश देशमा संक्रमितको संख्या बढेको हो।

ब्राजिलमा झण्डै ९० हजार संक्रमित थपिएका छन्। अमेरिकामा ६३ हजार ३०० जनामा कोरोना पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ९५० जना संक्रमित थपिएका छन्। पोल्याण्डमा २६ हजार, इटलीमा २५ हजार ७००, टर्कीमा २१ हजार, जर्मनीमा १६ हजार ५००, युक्रेनमा १५ हजार ८५० तथा हंगेरीमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

यसैगरी ब्रजिलमा पछिल्लो २४ घण्टामा दुई हजार ७३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा १ हजार १४१, मेक्सिकोमा ६९८, रसियामा ४४३, पोल्याण्डमा ४१९, भारतमा ३८६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट साढे नौ हजारको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या २७ लाख १२ हजार पुगेको छ। १२ करोड २८ लाख मानिसमा संक्रमण हुँदा ९ करोड ९० लाख मानिस संक्रमणमुक्त भएका छन्।

फेसबुक प्रतिक्रियाहरु