बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कगेश्वरीमा ३ हजार घरधुरी लाभान्वित हुने ६० करोडको खानेपानी आयोजना शिलान्यास 
विकास निर्माण

कगेश्वरीमा ३ हजार घरधुरी लाभान्वित हुने ६० करोडको खानेपानी आयोजना शिलान्यास 

जुनेली न्युज, काठमाडौं

६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डांछी भद्रबास बृहत्त खानेपानी आयोजना अघि बढाइएको हो । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा यो वृहत्त खानेपानी आयोजना मेयर उपेन्द्र कार्कीले बुधबार शिलान्यास गर्नु भएको छ । शिलान्यास पश्चात ६ सय घनमिटर ओभरहेड पानी ट्याकी बनेपछि स्थानीयले भोगीरहेको खानेपानीको समस्या समाधान हुने मेयर उपेन्द्र कार्कीको भनाइ छ |

मेयर कार्कीले यो आयोजना नभई हाईटेक, डिजीटल प्रणालीबाट सञ्चालीत खानेपानी आयोजना भएको बताउँदै आयोजना कार्यान्वयनसँगै अबको ३० वर्षसम्म जनसंख्या थपिदा पनि खानेपानीको विस्तार गर्ने क्षमतामा पुग्ने बताउनुभयो ।
मेयर कार्कीले स्थानीय, उपभोक्ता समिति, नगरका जनप्रतिनिधिदेखि सबैको आम सहमतिमा आयोजना अगाडि बढाउन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

आयोजना सबैको ध्यान पुग्ने ठाउँमा रहेको बताउँदै मेयर कार्कीले आयोजनालाई नमूनायोग्य बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । आयोजनाको निर्माण ब्यवसायीले यसअघि पनि यस्ता आयोजना समयमै सम्पन्न गरेको लामो अनुभव भएकाले समय अगावै निर्माण सम्पन्न हुने बताउनुभयो ।

आयोजनाको ठेक्का सगरमाथा जेभीले पाएको छ । आयोजनाको निर्माण कम्पनीले यसअघि पनि थुप्रै आयोजना सम्पन्न गरेको बताउँदै समय अगावै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

३ वटा डिप बोरीङबाट पानी निकालेर ट्याङ्कीमा खसालीनेछ र सोही पानी वितरण गरिनेछ । योजनाका लागि उपभोक्ता समितिसंगै आम उपभोक्ता पनि जागरुक भएर भूमीका निर्वाह गर्नुपर्ने खानेपानी तथा ढल ब्यवस्थापन विभागका उपनिर्देशक तथा आयोजना प्रमुख रत्न प्रसाद लामिछानेको भनाई छ ।

लामिछानेले करिब ६० करोडको लागतमा आयोजना शूरु गरिएको बताउँदै एडीबीको प्रोजेक्ट भएकाले निर्माण ब्यवसायीलाई बोनस खाने गरि काम गर्न आग्रह गर्नुभयो । काठमाडौंभित्रै रहेकाले आयोजनामा बारम्बार आएर अनुगमन गरिरहने र आयोजनालाई छिटोभन्दा छिटो गुणस्तरीय रुपमा सम्पन्न गराउँदै जनताको घरघरमा पानी पुर्याउन सक्दो प्रयास गर्ने बताउनुभयो |

आयोजनाको पानी फिल्टर गर्ने कार्य करिब ८० प्रतिशत सकिएको बताइएको छ । सो आयोजना तोकिएको मितीमा सम्पन्न भए सो वडासंगै करिब ३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको लागि एसीयाली विकास बैकले ७० प्रतिशत अनुदान सहयोग गर्नेछ भने बाँकि कागेश्वरी मनोहरा नगरपालिका र स्थानीय उपभोक्ताको सहयोग रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु