मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका मुरारी गौतम ‘सुवर्ण’ निर्वाचित 
Breaking News

कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका मुरारी गौतम ‘सुवर्ण’ निर्वाचित 

जुनेली न्यून।

काठमाडौं । कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मुरारी गौतम ‘सुवर्ण’ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

 

क्याम्पसमा एकल उम्मेदवारी परेको हुनाले स्ववियु निर्वाचन समितिले मुरारी गौतम ‘सुवर्ण’को प्यानललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । कैलाशकुट क्याम्पसमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत डा. शोभा ढुंगानाले जानकारी दिनुभयो ।

 

उहाँले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एस्), अखिल क्रान्तिकारी (विप्लव)बाट संयुक्त रूपमा परेको उम्मेदवारीमा सर्वसम्मत रूपमा विजय घोषणा गराइएको जानकारी दिनुभयो ।

 

निर्वाचनमा प्रत्यक्ष तर्फ सभापति पदमा मुरारी गौतम `सुवर्ण´, सचिव पदमा किरण बराल, कोषाध्यक्ष पदमा आयुश अर्याल, सदस्यहरूमा मालिका निरौला, सञ्चन राई र लासाङ तामाङ निर्वाचन हुनुभएको छ भने, समानुपातिक तर्फबाट सदस्यहरूमा नरेश बहादुर बि.क, माया थिङ तामाङ, देव कृष्ण विक, दिलिप शाही, र सुमन तिमल्सिना निर्वाचित हुनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु