शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फोहोरमैला व्यबस्थापन सम्बन्धि तालिम सम्पन्न, गोकर्णेश्वर नपा वडा नं ६
गोकर्नेश्वोर बिशेष

फोहोरमैला व्यबस्थापन सम्बन्धि तालिम सम्पन्न, गोकर्णेश्वर नपा वडा नं ६

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित विभिन्न महिला समुहको उपस्थितिमा र वडा अध्यक्ष नवराज लामाको प्रमुख अतिथिको रुपमा वडा भित्र फोहोरमैला व्यबस्थापन कसरि गर्न सकिन्छ भनेर १ दिने तालिम तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ |

May be an image of 14 people, people standing, people sitting and indoor

कार्यक्रमको आयोजना  जुनेली नेपाल मिडिया प्रोडक्सनले गरेको थियो |

तालिम गोकर्णेश्वर नगरपालिका बाताबरण तथा सरसफाई शाखाका अधिकृत तुलशी आचार्यले प्रदान गर्नु भएको थियो | करिब ४ घन्टाको तालिममा विभिन्न महिला गृहिणी गरि ६० भन्दा बढीको उपस्थिति रहेको थियो |

No photo description available.

कार्यक्रममा वडा नं ६ का वडा सदस्य प्रेम खड्का, बाच्छु कुइकेल, मन्जु पुडाशैनी, बसन्ती नगरकोटी सहित वडाका कर्मचारीहरु पनि रहेका थिए |

सो तालिम तथा कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, लेखा शाखा प्रमुख रामजी रायमाझीलाइ पनि गेस्ट ट्रेनराको रुपमा निमंत्रना गरिएको थियो |

May be an image of 4 people, people sitting, people standing and indoor

फेसबुक प्रतिक्रियाहरु