शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नाम जस्तै काम गर्ने शकुन्तला, दुर्गम जिल्ला बाजुरामा एनआरएनए युकेको सहयोग
Breaking News

नाम जस्तै काम गर्ने शकुन्तला, दुर्गम जिल्ला बाजुरामा एनआरएनए युकेको सहयोग

जुनेली न्युज,

रेली बिक सहयोग अभियानकी संयोजक एनआरएनए युकेकी महिला उपाअध्यक्ष श्रीमती शकुन्तला गुरुङ पौराणिक कालकी शकुन्तला जस्तै छन।बेलायतको अल्डरसटमा ब्यबसाय गरी बस्ने श्रीमती गुरुङ सरल,स्वच्छ र गरिब दुखीहरुको खोजी गरि हिड्ने सहयोगी मनकारी छन।यिनै शकुन्तला हुन दुरदराजकी रेली बिकको खोजी गरी सहयोग जुटाउने।

No description available.

अन्तरराष्ट्रिय नारी दिवसको उपलक्षमा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खडका र कार्यसमितीको सक्रियतामा उक्त दिन तडक भडका अन्य कार्यक्रम गरेर खर्च गर्नु भन्दा सो रकम जोगाएर एनआरएनए यूकेले यो वर्षको नारी दिवस पृथक तरीक़ाले मनाऊँने निर्णय गरी नेपालको बाजुरा जिल्लाको बिकट गाउँमा कुपोषणको कारण आफ़नो दूध नआए पछि बाख्राको दूध खुवाएर आफ़नो चारवटा बाल बच्चा दुःखको साथ पालन पोषण गरिरहेकी आमा रेली बिकलाई सहयोग गर्न अनौपचारिक निर्णय गरेको थियो।यसको संयोजन संघकी उपाअध्यक्ष शकुन्तला गुरुङले गर्नुभएको थियो।

No description available.

एनआरएनए युकेका प्रवक्ता शशांक शर्माका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँका १७ जना कुपोषति आमा र बच्चालाइ एनआरएनए युकेले सहयोग गरेको छ। यसको लागी एनआरएन युकेले १ लाख ५७ हजार पठाएको थियो।

No description available.

रेलि बिकको परिवारलाइ ५३ हजार, १४ जना आमालाई ७ हजार ३ सयका दरले र दुइ जना आमालाइ ८ हजार ३ सय नगद सहयोग एनआरएनए युकेको तर्फबाट गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले हस्तान्तरण गरेका थिए।

No description available.

बाजुरा जिल्ला मुक्तिकोट आधारभुक्त स्वास्थ्य चौकीले दिएको तथ्याङ्क अनुसार यो ईलाकामा रेली बिक जस्ता हजारौं कुपोशित आमा र बालीकाहरु रहेकाछन।

No description available.

रेलि विकको कुपोषणका कारणले दुध नआउने भएपछि उनको डेढ बर्षको छोरा कुपोषणको कहरमा रहेको थियो । उनले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएँको र ४ बचाउन नसकेको वताएकि छन् । सहयोग पाएपछि खुशी हुदै रेलि बिकले सहयोग मिल्दा कुपोषित बच्चा र आफुलाइ पोषण किनेर खानमा ठुलो सहयोग जुटेको वताईन् । मुक्तिकोट गाउँमा मात्र कुपोषणमा धेरै आमा र बच्चा प्रभाबित रहेका छन् ।
बुधवार मात्र जिल्ला अस्पताल बाजुरामा ५ महिनाको बच्चा कुपोषणका कारणले मृत्यु भएको थियो । बुढिनन्दा नगरपालिका ६ बस्ने रमिता नेपालीको ५ महिनाको छोरा जनम नेपालीको कुपोषणका कारणले मृत्यु भएको अस्पताल बाजुरामा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले वताएकि छन् ।

No description available.

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बैशाख यता ५ जना बालवालिकाको मृत्यु भएको छ । बाजुरामा बर्षेनी रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको सर्भे मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर ५ बर्ष मुनिका बालवालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

No description available.

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्द वताउनु भयो । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

फेसबुक प्रतिक्रियाहरु