शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • छिमेकिकै अन्याय अत्याचार बारम्बार छ – भोला उपाध्याय
जुनेली बिशेष

छिमेकिकै अन्याय अत्याचार बारम्बार छ – भोला उपाध्याय

गजल : भोला उपाध्याय

छिमेकिकै अन्याय अत्याचार बारम्बार छ
मेरो देशमा गणतन्त्र नामको सरकार छ।।

यो शरीरमा भाला हान या आगो सल्काउ तिम्रो मर्जी
यो दिल नदुखाउ यार उनको अनुहार छ।।

यादहरु सङ्गालेर पर्खी बस्नेलाई छैन बरु
छोडेर जानेले सजिलै भन्छ मलाई हतार छ।।

घरी घरी आफ्नै दिलमा डडेलो लाग्ने रहेछ
कसैलाई औधी प्यार गर्नु पनि साच्चै बेकार छ।।

जुन देशका जवानहरु खाडिमा भौतारिन्छन
त्यही देशमा जमिन बेच्ने अरे राम्रो व्यापार छ।।

फेसबुक प्रतिक्रियाहरु