मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ
Uncategorized

प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

२९ माघ, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको निवास शंखमुलमा पुगेर राज्यविरूद्धको कसुर गरेको भन्दै पक्राउ गरेको हो।

सुरुमा पक्राउ पुर्जी नपाइकन गिरफ्तारी नदिने अडानमा रहेकी झाँक्री पक्राउ पुर्जी पाएपछि भने गिरफ्तारी दिन तयार भएकी हुन्।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।उनले भनेकी थिइन्-‘ राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु।
शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। ‘

यसरी भाषण गरेकै आधारमा नेतामाथि प्रहरी महाशाखाले गृह मन्त्रालयकै निर्देशनका आधारमा नेतृमाथि अनुसन्धान गर्न लागेको हो ।

नेकपाका कार्यकर्ताले यो पक्राउको विरोध गर्दै उनकै निवासबाट सरकार विरुद्द नाराबाजी समेत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु