बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोहरा खोलाको कटानबाट सचेत रहन तिन नगरपालिकाको संयुक्त अपिल
Uncategorized

मनोहरा खोलाको कटानबाट सचेत रहन तिन नगरपालिकाको संयुक्त अपिल

सम्पूर्ण नगरबासीमा मनोहरा खोलाको बर्षायामको बहाप बाट सचेत रहन कागेश्वोरी मनहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाको अनुरोध

जुनेली न्युज,१५ असार  काठमाडौँ  |

वर्षायमको सुरुवात सँगै बढेको मनोहरा खोलाको बहापले दुवै तर्फको जमिन कटान गरि घर बस्ति लगायतको अन्य संरचनामा क्षति गरेको र मानबिय क्षति समेत हुन सक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरबसिहरुलाई अपिल गरेका छन् |

हाल अकाल्पनिक रुपमा खोलाको कटानलाई नियन्त्रण गरि धनजनको क्षति हुन नदिन खोलाको बहापलाई सामान्य अवस्थामा ल्याउन दुवै तर्फका ३ वटै जनप्रतिनिधि,प्राबिधिक, स्थानीय प्रशासन लगायत सरोकारवालाबाट स्थलगत निरीक्षण गरी जोखिम देखिएको र हुन सक्ने क्षेत्रमा स्थानीय जनप्रतिनिधिको उपस्थिमा धनजनको क्षति हुनबाट रोक्न अत्यावश्यक सुधार गर्नु पर्ने भएकोले उक्त कार्यमा सहयोग गरिदिन सुम्पूर्ण नगरबासीमा तिन नगरपालिकाले अपिल गरको छ |

साथै मनोहरा खोलाको तटबन्धन सहितको दीगो ब्यवस्थापनका लागि  तत्काल संयुक्तरुपमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् |

अपिल :-

No description available.

फेसबुक प्रतिक्रियाहरु