शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भक्तपुर सल्लाघारि क्षेत्रका रुखहरु काट्न थालियो |
Uncategorized

भक्तपुर सल्लाघारि क्षेत्रका रुखहरु काट्न थालियो |

जुनेली न्युज, ९ साउन भक्तपुर  |

भक्तपुर सल्लाघारी क्षेत्रका रुखहर काट्न थालिएको छ |

पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु गरिएको हो |

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख पल्टदा स्कुटर र मिनीबसमाथि परेर  तीन जनाको मृत्यु भएको थियो |

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख रहेको र सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको भक्तपुर नगरपालिकाले जनाएको छ |

प्रकृति प्रतिकूल नहुने गरी रुखहरू हटाउने सहमतिअनुसार काटिएको  नगरपालिकाले उल्लेख गरेको छ |

फेसबुक प्रतिक्रियाहरु