शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • खुकुरी रम देखि डबल ब्यालक सम्म नक्कली मदिरा बनाउने काठमाडौँ कागेश्वरीबाट पक्राउ
Breaking News

खुकुरी रम देखि डबल ब्यालक सम्म नक्कली मदिरा बनाउने काठमाडौँ कागेश्वरीबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मदिरा बनाउने कारखाना चलाएका ९ जनालाई पक्राउ गरेको छ ।

डिएसपी अनिल घिमिरेकै नेतृत्वको टोलीले गरेको अपरेसनका क्रममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलिमा भाडामा घर लिएर नक्कली मदिरा उत्पादन गरी बजारमा पठाउने धन्दा चलिरहेको भेटिएको हो ।

यस्तो कार्यमा संलग्न रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ छन्।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्री पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

मनोज खत्री तेस्रो पटक यो अपराधमा संलग्न रहेको पाइएको डिएसपी घिमिरेले बताए । पहिलो पल्ट पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेको र दोस्रो पटक भने भागेको प्रहरीले जनाएको छ । विनोद कार्की यसअघि तीन पटकसम्म प्रहरीलाई छलेर भागेका थिए । गौरव तामाङ पनि दोस्रो पटक यस्तो अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

प्रहरीले उक्त घरबाट ठूलो संख्यामा नक्कली मदिरा, अन्तशुल्कको स्टिकर र नक्कली मदिरा बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको छ ।

उक्त स्थानबाट प्रहरीले नक्कली खुकुरी रम २८८ बोतल, फाइटर प्रिमयम डिलक्स ९०० बोतल, ३६५ डेज ब्ल्याक ट्रिपल एक्स ९६ बोतल, गोल्डेन वक ६३ बोतल, ८८४८ नामक ४८ बोतल र सगुन गोल्ड १५ बोतल बरामद गरेको जानकारी दिएको छ । यस्तै ठूलो मात्रामा खालि बोतल र बिर्को समेत पाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु