सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • तीनपाटन गाउँपालिका-३, कोटगाउँँमा अस्पताल निर्माणकार्य सम्पन्न
विकास निर्माण

तीनपाटन गाउँपालिका-३, कोटगाउँँमा अस्पताल निर्माणकार्य सम्पन्न

२६ माघ, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-३ स्थित कोटगाउँमा अस्पताल निर्माणकार्य सम्पन्न भएको छ। वडा अध्यक्ष लालबहादुर स्याङ्तानका अनुसार शहरी विकास कार्यलयको सहयोगमा अस्पताल बनेको हो।

‘ शहरी विकास कार्यलयको सहयोगमा करिब १ करोड ४३ लाखको खर्चमा अस्पताल निर्माणकार्य सम्पन्न भएको हो ‘ , उनले भने।

साथै वडा कार्यलयको सहयोगमा एकल महिला बिष्णु माया तामाङको लागि घर बनिरहेको कुरा पनि अध्यक्ष स्याङ्त्यानले जुनेली न्युजलाई जानकारी गराए ।

‘ अहिले हामीले एकल महिला बिष्णुमाया तामाङको लागि घर पनि बनाउँदै छौँ र अन्य उत्पीडित जनताको लागि पनि यस्ता राहतका कार्यक्रमहरु ल्याइराख्ने छौँ ‘ , उनले भने ।

उनले थप भने, ‘ धेरैवर्ष देखि अन्धकारमा बसेका जनताको घरघरमा अहिले बिजुली बत्ती र बाटो पनि पुर्याइएको छ , अब त्यसको स्तरोन्नति गर्नमा हामी केन्द्रित हुनेछौँ ‘।

वडा न. ३ तीनपाटन गाउँपालिकाको विकट मध्यको एक वडा हो । जहाँ अध्यक्ष स्याङ्त्यान कै पहलमा वडा कार्यलयले दुई ठाउँबाट सेवा दिँँदै आइरहेको छ । जसका कारण सामान्य कामकै लागी पनि उकालीओराली गरिरहनुपर्ने झन्झटबाट दुवै भेगका जनता मुक्त छन् ।

फेसबुक प्रतिक्रियाहरु