शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दोरम्बाको वडा नं २ मा, ३ आर्थिक वर्षको पूरै हिसाब किताब सार्वजनिक गर्न कांग्रेसको वडालाई ७ दिन अल्टिमेटम
रामेछाप बिशेष

दोरम्बाको वडा नं २ मा, ३ आर्थिक वर्षको पूरै हिसाब किताब सार्वजनिक गर्न कांग्रेसको वडालाई ७ दिन अल्टिमेटम

माघ २६,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा नेपाली कांग्रेस दोरम्बा गाउँपालिका वडा नं २ ले सो वडाले गरेको बजेटको पूर्ण हिसाब किताब सार्जवनिक गर्न माग गरेको छ ।

कांग्रेसले गत आर्थिक वर्ष २०७५/०७६ र ०७६/०७७ को पूर्ण स्वीकृत वार्षिक बजेट, बिनियोजित रकमको खाका पूर्ण सार्वजनिक गर्न सोमबार (आज) एक ध्यानाकर्ण पत्र जारी गर्दै माग गरेको हो ।

कांग्रेसले आफू सधै विकासको पक्षमा रहेको बताउदै वडाले सरकारी बजेट हिनामिना गरेको र चालु आर्थिक वर्षको बजेटमा गोलमोल भएको आशंका गरि सत्य, तथ्य, हिसाब एक साताभित्र सार्वजनिक गर्न वडा कार्यलयलाई अल्टिमेटम दिएको कांग्रेस वडा नं २ का वडा सभापति केशव कुमार लामाले हस्ताक्षर गरेको माग पत्रमा उल्लेख छ ।

माग पत्र हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु