जुनेली न्युज,
प्रधानमन्त्री शेरबहादुर देउबाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्|
ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने उक्त वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्|
नेपाल सरकारले उक्त वृद्धाश्रमका लागि एक कोरोड विनियोजन गरेको छ |उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी भएका थिए |
नेपाली शैलीमा निर्माण गरिने उक्त भवनको नक्साङ्कन पुरातत्व विभागले गरिरहेको छ |नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको उक्त भवनमा ३५ कोठा रहनेछन् |
फेसबुक प्रतिक्रियाहरु