बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ: गगन थापा
समाचार

बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ: गगन थापा

जुनेली न्युज,१४ बैशाख काठमाडौँ |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको  उनले बताएका छन् | स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको  पनि बताए |

उहाँ (केपी ओली)को झुटलाई ठीक हो भन्ने कुरा भएन |” बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ,” उनले भने, “मैले केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन भने, जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो |”

उनले केपी ओली सन्केको बेला पागल भन्ने गरेको टिप्पणी गरे | “केपी ओलीलाई कोही आँट भएको मान्छेले तपाईँ झुट बोल्दै हुनुहुन्छ भन्यो भने, सनक्क सन्केर पागल भन्नुहुन्छ, पहिले सुशीला कार्की, गोविन्द केसीलाई पनि पागल भन्नुभएको थियो |”

उनले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीको ट्युसन लिने बताए | “उहाँले मलाई चोर्‍यो चोर्‍यो भन्नुहुन्छ | हिजो पनि चोर्‍यो भन्नुभयो | अहिले चुनावको बेला छ |उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन, उहाँ अध्यक्ष, म महामन्त्री |अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु, “ उनले भने, “ट्युसन पढाउनैपर्ने भाछ, मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्, तपाईँको आइडिया तपाइसँगै राख्नुस | न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ | समृद्धि तपाईँकै आइडिया हो |“

फेसबुक प्रतिक्रियाहरु