बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज
आर्थिक

टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

जुनेली न्युज,१४ बैशाख काठमाडौँ |

सरकारले टिभी देखि मोटरसाइकल सम्मका  १० वस्तुको आयातमा बन्देज लगाएको छ | उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल  लगाएत १० वस्तुको आयातमा रोक लगाएको छ | विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको छ |

आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) रहेका छन् |

त्यस्तै, हिरा (औद्योगिक कच्चा प्रदार्थबाहेक), मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा  पनि  बन्देज लगाइएको छ |

राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुने छैन | त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने पनि जनाइएको छ |

फेसबुक प्रतिक्रियाहरु