सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्थनीय निर्बाचनमा सहोदर दाजुभाइको छुट्टाछुट्टै पार्टीबाट मनोनयन
समाचार

स्थनीय निर्बाचनमा सहोदर दाजुभाइको छुट्टाछुट्टै पार्टीबाट मनोनयन

जुनेली न्युज,१४ बैशाख |

नेपालगञ्ज उपमहानगरपालिकार  कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले उम्मेदवारीको  मनोनयन दर्ता गरेका छन् |

उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्।

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले) को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका हुन् |

 

कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरू गरेका थिए | उनी हाल तरूण दल बाँकेको सचिव पनि  हुन् |

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् | उनी उपमहानगरपालिकाको प्रवक्तासमेत रहेका  थिए | वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए |

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीचनै  प्रतिस्पर्धा हुने भएको छ |

नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने लागेको हो |

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएका थिए | माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र बाट वडाध्यक्षका लागि भिड्दै छन् |

 

 

फेसबुक प्रतिक्रियाहरु