प्रकाशित द्वारा: मङ्लबार, अशोज ८, २०८१
स्वास्थ्य क्षेत्रमा गोकर्णेश्वर नगरबासीलाई फेरी अर्को सेवा गोकर्णेश्वर नगरपालिकाले सुरु गरेक्जो छ | बिशेष गरि स्वास्थ्य क्षेत्रमा फरक फरक सेवा प्रदान गर्दै आइ रहेका मेयर दिपक रिसालले आज नगरपालिकाको वडा नं १ ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित गरि निशुल्क संचालन हुने गरि एम्बुलेन्स हस्तान्तरण गरेका छन् | स्वास्थ्य सेवाबाट कोहि जनताले बन्चित हुन नपरोस भनि आज नगर प्रमुख दिपक रिसाल सहितको नगरपालिकाको टिम गएर एम्बुलेन्स प्रदान गरेको हो |
“कोहि बिरामी पर्दा वा गर्भवती महिलालाई मिनी टाटा वा मानिसले बोकेर मध्य राति अस्पताल लागिएको थाहा पाए पछी सो २ गाउँ मुलखर्क वा ओख्रेनीको लागि मैले ड्राइभर सहित निशुल्क र २४ घण्टा चल्ने गरि यो सेवा प्रदान गरेको छु ” मेयर रिसालको भनाइ छ |
गोकर्णेश्वर बासीलाई निशुल्क स्वास्थ्य बिमा, नगर अस्पतालबाट बिशेषज्ञ सेवा लगायतका क्षेत्रमा जनातामुखी काम गर्दै आएको नगरपालिकाले छिटो र सहज सेवा पाउन भन्ने उदेश्यले एम्बुलेन्स प्रदान गरेका हुन् |
कार्यक्रममा उपमेयर सान्नानी लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, वडा नं २ क वडा अध्यक्ष द्वारिका श्रेष्ठ, पुर्व वडा अध्यक्ष राम मानन्धर, युवा तथा खेलकुद भिक्ष समितिका अध्यक्ष सन्जय लामा, गोकर्णेश्वर नगर अस्पतालका प्रमुख सृजना पाण्डय लगायत स्थानीय जनताको उपस्थीतिमा कार्यक्रम भएको हो |
नगर प्रमुखको यो कार्यलाई तपाइँ कसरी लिनु हुन्छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला |
फेसबुक प्रतिक्रियाहरु