बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आकाशबाट आगोको मुस्लो खस्दा घर जलेर खरानी
दुर्घटना/अपराध

आकाशबाट आगोको मुस्लो खस्दा घर जलेर खरानी

जुनेली न्युज,१४ बैशाख |

उदयपुरमा बुधवार आकाशबाट आगोको मुस्लो खस्दा घर जलेर खरानी भएको छ | जिल्लाको ताप्ली गाउँपालिका–१ पिपल भञ्जाङमा आकाशबाट चट्याङ् परेर घरमा आगलागी हुदा घर खरानी भएको हो |
पिपलभन्ज्याङ बस्ने टङ्क बहादुर हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको स्थानीयले बताए |
आकाशमा बदली रहेको बेला ठूलो आवाज सहित हमालको घरमा आगोको मुस्लो खसेको थियो | घरबाट कुनै धनमाल निकाल्न नसकिएको र घरका सबै समान अन्तपात, लत्ता कपडा, भाडा बर्तन सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ | प्रहरीका अनुसार थप विवरण संकलन कार्य भईरहेको छ |

 

फेसबुक प्रतिक्रियाहरु