जुनेली न्युज, ०९ बैशाख काठमाडौँ |
नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको खाडी मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ ।
साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७:१५ मा रियादका लागि उड्ने भएको छ | निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटेको थियो | तर,लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन |
निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो | यस शहरमा निगमले साताको दुई पटक उडान गर्ने भएको छ |
शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ | जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ
फेसबुक प्रतिक्रियाहरु