शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नवौं राष्ट्रिय खेलकुद : ३६ खेल, ११ टिमका ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने
समाचार

नवौं राष्ट्रिय खेलकुद : ३६ खेल, ११ टिमका ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

जुनेली न्युज, ०९ बैशाख काठमाडौँ |

गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भएको छ |

राष्ट्रिय खेलकुद परिषद्ले  तीन वर्षअघि भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३५ खेल र रग्बी थप गर्दै ३६ खेलमा प्रतिस्पर्धा हुने निर्णय भएको हो।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली टिम गरी ११ टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय  खेलकुद परिषद्का‌ सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए |

छेलो र क्यानोनिङलाई प्रदर्शनी खेलको रूपमा राखिएको पनि उनले बताए |

प्रतियोगितामा खेलाडीको संख्या ६ हजार ८ सयको हाराहारीमा हुने र  त्यस्तै  एक हजार प्रशिक्षक र पाँच सयको हाराहारीमा व्यवस्थापक राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् |

नवौं राष्ट्रिय खेलकुदमा  प्रतिस्पर्धा हुने खेलहरू :-

१. फुटबल        २. क्रिकेट बक्सिङ      ३. एथलेटिक्स      ४. भारोत्तोलन

५. टेवल टेनिस        ६.  बक्सिङ      ७. लन टेनिस        ८. पौडी

९. सुटिङ        १०. भलिबल        ११. स्क्वास        १२. तेक्वान्दो

१३. जुडो        १४. आर्चरी        १५. कबड्डी        १६. खो खो

१७. उसु        १८. बास्केटवल        १९. व्याडमिन्टन    २०. साइक्लिङ

२१. कराते        २२. कुस्ती        २३. फेन्सीङ        २४. ट्रायथलन

२५. प्याराग्लाईडिङ    २६. गल्फ        २७. ह्याण्डवल    २८. बुद्धिचाल

२९. सफ्टटेनिस    ३०. आइटिएफ तेक्वान्दो ३१. सेपाकताक्रो   ३२. जिम्न्याष्टिक

३३. शारिरीक सुगठन    ३४. फुलकन्ट्याक्ट कराते  ३५. हकी  ३६. रग्बी

 

फेसबुक प्रतिक्रियाहरु