सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • किर्तिपुर नगरपालिकाको लागि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले दिपक रिसाललाइ प्रतिनिधि बनायो
गोकर्नेश्वोर बिशेष

किर्तिपुर नगरपालिकाको लागि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले दिपक रिसाललाइ प्रतिनिधि बनायो

जुनेली न्युज, काठमाडौं ।
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाए संगै काठमाडौँ क्षेत्र नं ३ ले नेपाली काँग्रेसका क्षेत्रीय सचिब दिपक रिसाललाइ चुनाब जिताउन प्रतिनिधि बनाएको छ | दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाका हालका मेयर समेत हुन् | आगामी १६ गते हुने उप् निर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाइ जिताउन रिसालले पनि जिम्मा पाएका हुन् |

कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ ।
डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो ।

उपचुनावका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा. डा. शिवशरण महजृन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । रास्वपाले भने उम्मेदवार तोकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु