शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रेनु दाहलले दिइन मेयर पदबाट राजिनामा
समाचार

रेनु दाहलले दिइन मेयर पदबाट राजिनामा

जुनेली न्युज, ०९ बैशाख |

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले  मेयर पदबाट राजीनामा दिएकी छिन् |

वैशाखमा ३० गते  हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि उनले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा  बुझाएकी हुन् | उनको राजीनामा उपमेयरद्वारा स्वीकृत भएको छ |

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् |

भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति पाँच दलीय गठबन्धनको भए संगै उनि पुनः मेयरमा उठ्न लागेकी हुन् | ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ |

फेसबुक प्रतिक्रियाहरु