मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • हेलम्बु गाउँपालिकाका अध्यक्षले दिए राजिनामा
समाचार

हेलम्बु गाउँपालिकाका अध्यक्षले दिए राजिनामा

जुनेली न्युज,०९ बैशाख |

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिएका छन् | वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागी  उनले शुक्रबार राजीनामा दिएका हुन् |

”मैले गाउँपालिका अध्यक्षको हैसियतमा कार्य गर्दै गर्दा आफ्नो पारिवारिक समस्यालाई समेत बेवास्ता गर्दै गरेका कार्यले कसैलाई राम्रो त कसैलाई केहि नराम्रो भएको भएपनि त्यो समाजको हितका लागि भएको हो र मेरो व्यक्तिगत स्वार्थको लागि होइन भनि बुझिदिनुहोला  | आजसम्म हेलम्बुमा भएका जतिपनि कार्यहरु तपाईंहरुको साथ र सहयोगबाट नै सम्भव भएको हो |” उनले बताए |

फेसबुक प्रतिक्रियाहरु