आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समजबादीको निर्बाचन प्रतिबद्धता :हरेक वार्डमा खेल मैदान,खेलाडी लाई रोजगार
समाचार

समजबादीको निर्बाचन प्रतिबद्धता :हरेक वार्डमा खेल मैदान,खेलाडी लाई रोजगार

जुनेली न्युज,०७ बैशाख काठमाडौँ  |

नेकपा एकीकृत समाजवादी पार्टीले मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा  खेलकुदमा एक वार्ड एक खेल मैदानको अवधारणा लिएको छ | स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ | खेलकुदमा समाजवादीले पालिकामा हरेक वार्डमा खेल मैदान बनाउने प्रतिबद्धता जनाएको छ | त्यस्तै  बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने तथा हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र  र सबै पालिकामा खेलकुद क्रिकेट, फुटबल लगायतका खेलकुद मैदान निर्माण गर्ने  प्रतिबद्धता जनाएको छ |
घोषणापत्रमा खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था लिएको  उल्लेख  छ |

“सम्बन्धित पालिकामा स्थायी बसोवास भएका खेलाडीहरू मध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदकको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्र प्रदान गरिनेछ | राष्ट्रिय खेलमा कम्तीमा रजत पदक र अन्तर्राष्ट्रिय स्तरको खेलमा कुनै पनि पदक प्राप्त गर्ने खेलाडीले जागिर खान चाहेमा निजलाई सम्बन्धित पालिकाले योग्यता अनुसारको जागिर दिने व्यवस्था गर्ने छन् |“ घोषणा पत्रमा उल्लेख गरिएको छ |

फेसबुक प्रतिक्रियाहरु