बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गठबन्धनको बैठक बालुवाटारमा सुरु
समाचार

गठबन्धनको बैठक बालुवाटारमा सुरु

जुनेली न्युज,०७ बैशाख काठमाडौँ  |

प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ |

आज मध्यान्हदेखि प्रधानमन्त्री  देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् |

 

जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका छन् | अन्यत्र भने लगभग भागबन्डा मिलेको स्रोतको दाबी छ |

आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ | गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन |

 

महानगरको भागबन्डा भने मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको थियो |

फेसबुक प्रतिक्रियाहरु