आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस कास्की जिल्ला कार्यलयमा तालाबन्दी
समाचार

नेपाली काँग्रेस कास्की जिल्ला कार्यलयमा तालाबन्दी

जुनेली न्युज,०७ बैशाख

बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ  | महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो |

पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको हो |

सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउने क्रममा भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकामा अन्य दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको हो |

महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको बताए | समितिले बुधबार दिउँसो वडा सभापतिहरूको भेला बोलाएको छ | उक्त भेलाबाटै उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ |

आफ्नै प्रदेशको महानगरमा नेतृत्व लिन कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तिम समयसम्म अडान राखेका थिए | तर उनले मंगलबार पौडेलले पोखराकै कारण गठबन्धन भत्किन भने दिएनन् | अन्य महानगरको भागबन्डामा त्यसअघि नै सहमति भएको थियो ।

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पोखरामा एकीकृत समाजवादीलाई प्रमुख दिने निर्णय अप्रिय भएको बताए । “यस्तो निर्णयले पार्टीको संगठन मात्रै नभएर प्रजातन्त्रलाई सिध्याउने खतरा हुन्छ,” उनले भने, “कांग्रेसले कम्युनिस्टहरूलाई साथमा लिएर हिँड्नुपर्नेमा कम्युनिस्टहरूले कांग्रेसलाई साथमा लिएर हिँडेका छन् | योभन्दा दुर्भाग्य अरू हुन सक्दैन | ”

फेसबुक प्रतिक्रियाहरु