शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • “अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्छ,”- सभामुख
आर्थिक

“अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्छ,”- सभामुख

जुनेली न्युज, २७ चैत काठमाडौँ |

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन | उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन |

निरन्तर  नीजि क्षेत्र र सरकारले छलफल र सम्बाद गरेर सबै समस्याको  समाधान गर्नु पर्ने बताए | ”सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ” उनले भने, ”अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ” |

नेपालमा औधोगिक उत्पादन बढाएर निर्यात बृद्दी र आयात प्रतिस्थापन नै आर्थीक समस्या समाधान गर्ने प्रमुख उपाय रहेको उनले बताए |

फेसबुक प्रतिक्रियाहरु