शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रमुख काँग्रेसले पाउनुपर्ने माग राख्दै चितवन फर्किए नेताहरु
समाचार

प्रमुख काँग्रेसले पाउनुपर्ने माग राख्दै चितवन फर्किए नेताहरु

जुनेली न्युज, २७ चैत काठमाडौँ |

 

नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् |

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली काठमाडौँ आएको थियो | भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका काँग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए |

“काँग्रेस ठूलो दल हो भरतपुरमा  फेरि, आलोपालो गर्ने भन्ने पनि थियो पहिले  , त्यही भएर हामीले दुई तर्कलाई अघि सारेर काँग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेका हौँ”, कोइरालाले भने | भरतपुर महानगरपालिका पाउनुपर्ने “बटमलाइन“ २० चैतमा बसेको काँग्रेस चितवनको बैठकले निर्णय गरेको थियो |

हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ | यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने  काँग्रेसी नेताहरूले चेतावनी दिँदै आएका छन् |

फेसबुक प्रतिक्रियाहरु