बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु दुई जना घाइते
दुर्घटना/अपराध

मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु दुई जना घाइते

 

जुनेली न्युज, २७ चैत

मोटरसाइकल दुर्घटना हुँदा दाङ घोराहीमा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् |

घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ जाँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका–८ बनगाउँमा शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोहन हमालकी आमा प्रमिलाको मृत्यु भएको हो | चालक रोहन र उनकी बहिनी सविना हमाल पनि घाइते भएका प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते घोराही उपमहानगरपालिका–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राति नै मृत्यु भएको हो | घाइते दाजुबहिनीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको एसपी सरेश काफ्लेले जानकारी दिए | उनका अनुसार हेडलाइट बिग्रिएको मोटरसाइकल बाटोमा राखिएको बालुवाको थुप्रोमा दुर्घटनामा भएको हो |

फेसबुक प्रतिक्रियाहरु