आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • गोकर्णेश्वरको जगडोल जंगलमा महिलाको शव फेला
दुर्घटना/अपराध

गोकर्णेश्वरको जगडोल जंगलमा महिलाको शव फेला

जुनेली न्युज, २५ चैत काठमाडौँ |

गोकर्णेश्वरको  जगडोल  जंगलमा २७ बर्षिया महिलाको शव फेला परेको छ | भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी नीला राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ |

राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ | निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए | उनी काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् |
घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ | रुखहरूमा पनि रगत लतपतिएको छ | घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए |

उनले चावहिलस्थित पशुपति क्याम्पसमा बिए तेस्रो बर्षमा अध्यनरत थिइन् |

फेसबुक प्रतिक्रियाहरु