बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • “नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरिसयी हुदैन”- अर्थमन्त्री
आर्थिक

“नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरिसयी हुदैन”- अर्थमन्त्री

जुनेली न्यूज, २५ चैत काठमाडौँ |

अर्थमन्त्री जर्नादन शर्माले  नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताएका छन |  शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए |
“अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ | किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ” उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन |”
नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाई छ |  “हाम्रो ऋण र उत्पादनको अवस्था, बिदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हेर्ने हो  भने श्रीलंकासँग तुलना नै हुन सक्दैन | तुलना हुनै नसक्ने बिषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन् | त्यो गलत छ त्यसलाई खण्डन गर्नुपर्छ” उनले भने |

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट “क्यापिटल फ्लाई” भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले  बताए | तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाई थियो | “प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन | यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ” उनले  भने |
अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए | काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाई थियो | मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने उनले बताए |

बैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले  जानकारी दिए |  कोभीड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल उनको  भनाई छ |

फेसबुक प्रतिक्रियाहरु