आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नसर्ने रोग नियन्त्रण गर्न सबैको समन्वय र सहयोगको आवाश्क छ : मन्त्री खतिवडा
समाचार

नसर्ने रोग नियन्त्रण गर्न सबैको समन्वय र सहयोगको आवाश्क छ : मन्त्री खतिवडा

जुनेली न्युज काठमाडौँ २४ चैत,

स्वास्थ्य तथा जनसंख्यामन्त्रि बिरोध खतिवडाले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य रहेको बताएका छन |स्वास्थ्य मन्त्रालयमा आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजना’ सार्बजनिक गर्दै मन्त्रि खतिवडाले सबैको सहयोगले नसर्ने रोगको नियन्त्रण र रोकथाम गर्न सकिने बताए |

उनले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धरान राखे |  “सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ”, उनले भने | नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको  भनाइ थियो |

फेसबुक प्रतिक्रियाहरु