बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • राप्रपाले अनलाईन बाटै सदस्यता बिबरण र चन्दा संकलन गर्ने
समाचार

राप्रपाले अनलाईन बाटै सदस्यता बिबरण र चन्दा संकलन गर्ने

जुनेली न्युज,

राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) ले अनलाइन बाटै सदस्यता बिबरण र चन्दा  संकलनगर्ने व्यवस्था मिलाएको छ |

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका आर्थिक गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग लिने पक्षमा राप्रपा छैन|

पार्टी को वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने उनले बताए |

उनले नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्‍याउनेसमेत बताए |

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई नि:शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् |

साथै आर्थिक सहयोग पनि आइएमईपे र खल्ती एपलगायतबाट गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए |

फेसबुक प्रतिक्रियाहरु