शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिदेशीय शृंखलाको तेश्रो खेल मा नेपाल ६ विकेटले विजयी
खेलकुद

त्रिदेशीय शृंखलाको तेश्रो खेल मा नेपाल ६ विकेटले विजयी

जुनेली न्युज काठमाडौँ ,

नेपालले त्रिदेशीय शृंखला अन्तर्गतको तेश्रो खेलमा मलेशियालाई ६ विकेटले हराएको छ | टि यु मैदानमा भयको उक्त खेल मा  ११५ रनको लक्ष्य पाएको नेपालले १३.४ ओवरमा ४ विकेट गुमाई लक्ष्य प्रप्त गरेको छ |

नेपालका लागि ओपनर असिफ शेखले सर्बाधिक ५७ रन को पारि मा ७ चौका र १ छक्का हाने | नेपालका लागि दिपेन्द्र सिंह एरिले २१ ,दिलिप नाथ १५, रोहित कुमार पौडेल १२, कुशल मल्ल २ र कुशल भुर्तेलले १ रन बनाए | मलेशियाका लागि पवनदीप शिंहले २ विकेट लिए |

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेशियाले २० ओवरमा ८ विकेट गुमाउदै ११४ रन बनाएको थियो | मलेशियाका लागि ओपनर जुबैदी जुल्किफले सर्बाधिक ३२ रन प्रहार गरे |  बलिंगमा नेपालका लागि करण के शि २, सन्दिप लामीछाने २,दिपेन्द्र शिंह एरि १, अभिनाश बोहोरा १ र कुशल मल्लले १ विकेट लिए |

भोलि नेपाल पी एन जी विरुद्ध खेल्दै छ |

फेसबुक प्रतिक्रियाहरु