शुक्रबार, बैशाख १४, २०८१
समाचार

सत्ता गठबन्धनको बैठक आज

जुनेली न्युज

१७ चैत काठमाडौँ,

सत्ता गठबन्धन स्थानीय तहको चुनाबमा तालमेल गर्ने बिसयमा आज बैठक  बस्दै छ |

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको रामचन्द्र पौडेलका स्वकीय सचिव चिरन्जीवी अधिकारीले बताए |

सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् |

नेपाली काँग्रेसभित्र भने तालमेलको बिसयमा विवाद कायमै छ |प्रधानमन्त्री देउबा चुनाब मा गठबन्दन गर्ने पक्षमा छन भने  शेखर कोइराला पक्षले कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ |

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ |

फेसबुक प्रतिक्रियाहरु