शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समयसिमामा बक्यौता रकम नबुझाउने तिन क्यासिनो बन्द गर्न पत्राचार
समाचार

समयसिमामा बक्यौता रकम नबुझाउने तिन क्यासिनो बन्द गर्न पत्राचार

जुनेली न्युज काठमाडौँ ,

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तिन क्यासिनो बन्द गर्न पत्राचार गरेको छ |

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए |

 

दिएको समयसीमा भित्र पनि ति क्यासिनोले  बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका अधिकृत खेमराज जोशीले बताए|

‘सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ,’ उनले भने|

फेसबुक प्रतिक्रियाहरु