सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा विघटन विरुद्द मुद्दाको सबै बहस ३० गतेभित्र सक्नुपर्छ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
समाचार

प्रतिनिधिसभा विघटन विरुद्द मुद्दाको सबै बहस ३० गतेभित्र सक्नुपर्छ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

माघ २५,

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा ३० गतेभित्र सबैको बहस सक्नुपर्ने बताएका छन्।

आज सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडाल बहसका लागि उभिएका थिए। प्रधानन्यायाधीश राणाले सुरूमा उनलाई २० मिनेट समय दिएपनि तोकिएको समयमा बडालको बहस नसकिएपछि १० मिनेटको समय थप गरिएको थियो।

‘यो मुद्दामा धेरै समय खाइसक्यो। ३० गतेसम्म सबै बहस सक्नुपर्छ,’ राणाले इजलासमा भने।

संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ। अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी छ।

संवैधानिक इजलासमा पुस २१ गते निरन्तर सुनुवाइ भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु