सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकामा १४ वटै वडामा स्वास्थ्य शिविर
रामेछाप बिशेष

मन्थली नगरपालिकामा १४ वटै वडामा स्वास्थ्य शिविर

माघ २५,

रामेछाप । रामेछापको मन्थली नगरपालिका स्वास्थ्य सिविर संचालन गरेको छ । नगरपालिकाका विभिन्न वडाहरुमा नगरका स्वास्थ्य शाखाका प्रमुख केशव फूयाँलसहितको उपस्थितिमा शनिबार वडा नं ८ चिसापानीमा सामाजिक सुरक्षा भत्ता वितरणको लागि बैकिङ खाता खोल्ने र ल्याब सहितको निशुःल्क जेष्ठनागरिक स्वास्थ्य शिबिर संचालन गरेको फूयाँलले जुनेली न्युजलाई जानकारी दिए ।

उनले भने-हिजो हामीले चिसापानीमा सिविर र बैकिङ खाता खोल्ने कार्यक्रम एकैदिन संचालन गर्यो सो कार्यक्रममा २ सय २० जनाले बैंकमा खाता खोले, र ल्याब सहितको बिरामी जाँच परीक्षणमा १ सय ९० बिरामीहरुले स्वास्थ्य परीक्षण परामर्शलिएका छन् भने ।

उनका अनुसार चेकजाँचमा आउनेहरु अधिकांसमा सुगर, प्रेसर, दमका बिरामीहरु भेटिएका छन् । स्वास्थ्य प्रमुख फूयाँलले नगरले अभियानको रुपमा नगरपालिका भित्र रहेका १४ वटै वडाहरु संग समन्वय गरेर बिरामीहरु भएका र गत साल स्वास्थ्य परीक्षण कार्यक्रमबाट छुटेका वडाहरुमा बिरामी परिक्षण स्वास्थ्य सिविर संचालन गर्ने उनले बताए ।

आइतबार पनि वडा नं ६ मा महिलाहरुको आङ्खस्ने समस्या भएकाहरुको लागि स्वास्थ्य सिविर गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु