शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चुचुरेको वडा कार्यालय उत्घाटनको तयारीमा
रामेछाप बिशेष

चुचुरेको वडा कार्यालय उत्घाटनको तयारीमा

माघ २५,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेको वडा कार्यालय निर्माण भएको छ । भवन उत्घाटनको तयारीमा रहेको वडा अध्यक्ष मणीकुमार लामाले जुनेली न्युजलाई जानकारी दिए ।

गाउँपालिका र वडा कार्यालयको लागतमा भवन बनेको हो । लामोसमयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयको पक्कि भवन बनेसंगै सेवामा सहजता आउने भएको छ । विश्वलाईनै आत्ङ्कित् बनाएको कोरोना भाइरस संक्रमणले निर्माणमा केही प्रभाव पारेपनि निर्माण भने समयमै सम्पन्न भएको वडा अध्क्षय लामाले बताए । कूल ८६ लागतमा बनेको पक्कि भनव वडाको मानेडाँडा भन्नेस्थामा निर्माण गरिएको छ ।

दुई तले पक्कि भवन उद्घाटन गर्नको लागि भव्य कार्यक्रमको आयोजना गर्न तयारी गरिरहेको वडा अध्यक्ष लामाले बताए । उनका अनुसार उद्घाटन कार्यक्रम पूर्व मन्त्रीको हातबाट गर्ने योजना रहेको सुनाए तर को ल्याउने भन्नेबारे छलफल भैरहेको बताए । भवन चाडैनै उत्घाटन गरेर संचालनमा ल्याउने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु